१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

कुपोषित बालबालिकाको संख्या बढ्दै

फाइल तस्वीर

पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ।

गर्भवतीमा पोषणयुक्त खानाको अभाव, बालविवाहका सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपानको ज्ञान नहुनु, आमालाई कामको अत्यधिक बोझ हुनु र पारिवारिक बेवास्ता लगायतका कारणले कुपोषित बालबालिकाको संख्या बढ्दै गएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा एक सय ७४  कडा खालको कुपोषित बालबालिका फेला महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले बताए।

उनका अनुसार विभिन्न स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणका क्रममा फेला परेका ती कुपोषित बालबालिकामध्ये ५६ बालबालिकालाई महानगरपालिकाद्वारा सञ्चालित ओटिसी सेन्टरमा भर्ना गरी उपचार गरिएको छ।

पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ।

वीरगन्ज महानगर क्षेत्रमा गत आव २०७८/७९ मा ४९ जना कुपोषित बालबालिका फेलापरेको थियो जसमध्ये ४४ जनाको उपचार गरिएको जनाएको छ।

यस्तै आव २०७७/७८ मा ४३ जना कुपोषित बालबालिकामध्ये ३९ जनाको र आव २०७६/७७ मा फेला परेको २२ जनामध्ये १८ जनाको उपचार गरिएको प्रमुख कुर्मीले बताए।

जन्मेकोदेखि पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई आवश्यक स्वास्थ्य जाँचसहित पोषणयुक्त खानाका लागि महानगरपालिकाले गत आव २०७६/७७ देखि  वीरगन्ज स्वास्थ्यचौकीसहित बगही स्वास्थ्यचौकी र सिर्सिया स्वास्थ्यचौकीमा ओटिसी सेन्टर चलाउँदै आएको छ।

‘सुरुमा कुपोषित बालबालिकालाई हामीले ओटिसी सेन्टरमा भर्ना गर्छाै, प्रमुख कुर्मीले भने,‘ओटिसी सेन्टरमा भर्ना भएका बच्चाको पहिला भोक जाँच गर्छाैँ, अनि पोषणयुक्त खाना खुवाउँछौं।’

खाना खान सक्ने बच्चालाई थप १४ दिनसम्मको पोषणयुक्त खाना दिएर घर पठाउँछौँ, खाना खान नसक्ने बच्चालाई थप स्वास्थ्य जाँचसहित उपचारका लागि वीरगन्जस्थित पोषण पुनःस्थापना गृहमा पठाउँछौँ। पोषण पुनःस्थापना गृहमा बच्चा र आमालाई राखेर बच्चालाई पोषणयुक्त खाना र उपचार हुने गरेको उनले बताए।

बालबालिकामा बढ्दो कुुपोषणको समस्यालाई न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र स्वास्थ्य स्वयंसेविकामार्फत वडावडामा सचेतनामूलक कार्यक्रमसँगै बालबालिका तथा सुत्केरी आमालाई बालभिट्टा, लिटो लगायतका पोषणयुक्त खाना र गर्भवती महिलालाई आइरन चक्की वितरण गर्दै आएको प्रमुख कुर्मीको भनाइ छ।

खाना खान सक्ने बच्चालाई थप १४ दिनसम्मको पोषणयुक्त खाना दिएर घर पठाउँछौँ, खाना खान नसक्ने बच्चालाई थप स्वास्थ्य जाँचसहित उपचारका लागि वीरगन्जस्थित पोषण पुनःस्थापना गृहमा पठाउँछौँ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल हाताभित्र सन् २००६ देखि सञ्चालित पोषणा पुनःस्थापना गृहले १५ वर्षको अवधिमा दुई हजार आठ सय २८ कुपोषित बालबालिकालाई अभिभावकसँगै राखेर निःशुल्क उपचार सेवा दिएको छ।

पोषण पुनःस्थापना गृह वीरगन्जका प्रमुख सरिता यादवका अनुसार सन् २००७ देखि हालसम्म एक हजार पाँच सय २४ बालक र एक हजार तीन सय चार बालिका गरी दुई हजार आठ सय २८ कुपोषित बच्चाको उपचार गरिएको छ।

पोषण पुनःस्थापना गृहमा बच्चाको आमा र अन्य अभिभावकलाई पोषणसम्बन्धी शिक्षासमेत दिइन्छ। ‘आमालाई पोष्टिक आहार बनाउने र खुवाउने तरिकाबारे पनि हामी सिकाउँछौं’, गृह प्रमुख यादवले भने, ‘कुपोषित बच्चाले निःशुल्क उपचार, रेखदेख र परामर्श सेवा पाउने गरेको छ।’

अहिले पोषणगृहमा १४ जना कडा खालका कुपोषित बच्चाको उपचार भइरहेको उनले बताए।

पोषण पुनःस्थापना गृह वीरगन्जका प्रमुख सरिता यादवका अनुसार सन् २००७ देखि हालसम्म एक हजार पाँच सय २४ बालक र एक हजार तीन सय चार बालिका गरी दुई हजार आठ सय २८ कुपोषित बच्चाको उपचार गरिएको छ।

बच्चालाई पोषणको मात्रा पुग्ने गरी पौष्टिक खानेकुरा, भिटामिन लगायतका औषधिसमेत खुवाइन्छ। कुपोषणका कारण बच्चामा अन्य रोगको पनि संक्रमण बढ्ने भएकाले अस्पतालका चिकित्सकबाट बच्चाको नियमित स्वास्थ्य जाँचसमेत गराउने गरिएको उनको भनाइ छ।

अति कुपोषणले ग्रसित बनेका बच्चालाई दुई महिनासम्म पोषणगृहमा राखेर उपचार र रेखदेख गर्ने गरिएको छ। सामान्यतया १६ दिनसम्मको उपचारले बालबालिका निको भई घर फर्कने गरेका छन्। एक महिनामा पुनःस्वास्थ्य जाँचका लागि बच्चालाई गृहमा बोलाउने गरिएको प्रमुख यादवले बताए।

बच्चालाई पोषणको मात्रा पुग्ने गरी पौष्टिक खानेकुरा, भिटामिन लगायतका औषधिसमेत खुवाइन्छ। कुपोषणका कारण बच्चामा अन्य रोगको पनि संक्रमण बढ्ने भएकाले अस्पतालका चिकित्सकबाट बच्चाको नियमित स्वास्थ्य जाँचसमेत गराउने गरिएको उनको भनाइ छ।

कुपोषण हुँदा बच्चा दुब्लाएर ख्याउटे हुने, आँखाभित्र गड्ने, हातखुट्टा राम्ररी नचल्ने, कपाल खैरो हुने, लामो समयसम्म निदाउने, बढी रुने, झगडा गर्नेजस्ता लक्षण देखिने गरिएको बालरोग विशेषज्ञ डा सरोजकुमार यादवले बताए।

‘धेरै अभिभावकलाई बच्चामा कुपोषण भए नभएको थाहा हुँदैन’, डा. यादवले भने,‘पोषिलो खानेकुरा अभावमा हुने कुपोषणको प्रभाव शारीरिक र मानसिक दुवैमा देखिने गरेको छ।’

बच्चाले खाना नखाने, धेरै रुने, सुत्ने, झगडा मात्र गर्नेजस्ता समस्या कुपोषणको असरले पनि हुनसक्ने उनको भनाइ छ।

प्रकाशित: ७ जेष्ठ २०८० ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App