७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कपिलवस्तुमा मिटर ब्याज सम्बन्धी ६४ वटा उजुरी

कपिलवस्तुमा मिटर ब्याज सम्बन्धी ६४ वटा उजुरी दर्ता भएका छन। जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी जाचबुझ आयोगसहित सरोकारवाला बिच मिटर ब्याज सम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा सो जानकारी गराइएको हो।

प्रजिअ शंकरहरि आचार्यले आयोग गठन अघि २० र गठन पछि ४४ वटा उजुरी दर्ता भएको बताए। उजुरीको अध्ययन भइरहेको उनले बताए। मिटर ब्याज पीडीतहरुलाई उजुरी दिने बारे सबै सरोकारवालाले पहल गर्नु पर्ने उनले बताए। मिटर ब्याजबाट पीडीत भएकाहरुलाई उजुरी दिन सहजतका लागि प्रशासन कार्यालयमा मिटर ब्याज पीडीत सहायता कक्ष समेत स्थापना गरिएको बताए।

सो अवसरमा आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले वास्तविक मिटर ब्याज पीडीतले निर्धक्क भएर प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरे। उनले परको उजुरीका आधारमा अध्ययन अनुसंधान गरी पीडीतहरुलाई न्याय दिने उनले बताए। जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले मिटर ब्याजबाट पीडीत भएकाहरुलाई सरकारले छिट्टै न्याय दिनु पर्ने बताए। उनले पीडीतहरुलाई उजुरीका लागि सबैले पहल गर्नु पर्ने बताए।

कार्यक्रममा बैक तथा बित्तिय संस्थाहरुले रिन प्रवाह गर्दा कृषक, बिपन्न परिवारलाई सहज रिनको ब्यवस्था गर्नु पर्नेमा जोड दिए। यस्तै लघु बित्त जस्ता बित्तिय संस्थाहरुले समेत बिभिन्न बाहानमा रिन दिएर चर्को ब्याज असुली गर्ने गरेकोले त्यस तर्फ पनि राज्यले ध्यान दिनु पर्ने बताए।

बाणगगा नगरपालिका कै मिटर ब्याजबाट पीडीत संगीता थारु र रामदास थारुले आफूहरुले मिटर ब्याज बाट पीडीत भएकाले न्याय दिन अपील गरेका थिए। 

प्रकाशित: ४ जेष्ठ २०८० १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App