१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सिमखोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते

रुकुम पूर्वको भूमे गाउँपालिका–८ सिमखोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

आइतबार बिहान भूमे–९ चुनबाङबाट जिल्ला सदरमुकाम रुकुमकोट आउँदै गरेको लु १ ज ३५०३ नम्बरको जीप सिमखोलामा दुर्घटना भएको हो। दुर्घटनामा ९ जना घाइते भएका छन्।

घाइतेहरुको रुकुमपूर्व अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ। चालक, सहचालक र एक जना यात्रुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। जीप सडक देखि करिब ५ मिटर तल खसेको छ। जीपमा १२ जना सवार रहेका थिए।

प्रकाशित: २४ वैशाख २०८० ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App