३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

लुम्बिनीमा बुद्ध जयन्तीको तयारी पुरा

२५६७ औं बुद्धजन्यन्ती एवं लुम्बिनी दिवसको तयारी पुरा भएको छ।

वैशाख २२ गते बुधबार बुद्ध पूजा, शोभा यात्रा तथा विशेष समारोह गरी  बुद्ध जयन्ती मनाउन लागिएको हो। लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा आयोजना गरिने २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस विशेष समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बुद्ध जयन्ती मूल समारोह अघि धार्मिक पूजा, बुद्ध पाठ, झाकी सहितको र्‍याली प्रदर्शन लगायतका कार्यक्रम गरिने जानकारी दिए।

बुद्ध जयन्तीको तयारीबारे लुम्बिनी विकास कोषले बुधबार लुम्बिनीमा गरेको पत्रकार सम्मेलनमा भट्टराइले सो जानकारी गराएका हुन। बुद्ध जयन्तीको दिन शुक्रबार बिहान ६ बजेदेखि ७ बजेसम्म बुद्ध पूजा तथा पाठ, ९ बजेसम्म विभिन्न झाकी सहितको र्‍याली निकालिने उनले बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषको आयोजनामा हुने बुद्ध जयन्ती मूल समारोहमा उच्च पदस्थ अधिकारीहरुसँगै विभिन्न मुलुकका राजदुतहरु, बौद्ध भिक्षु, लगायतको पनि सहभागी हुने भट्टराइले बताए।

बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी विकास कोषले वैशाख १९ गतेदेखि २३ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो। सोही अवसरमा बुद्ध जन्म स्थल लुम्बिनी क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउने तयारी पनि गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

बुद्ध जन्म स्थल लुम्बिनीको वातावरण शान्तिपूर्ण बनाउने उद्देश्यले कोषले यसपालिको बुद्ध पूर्णिमाको दिनदेखि लुम्बिनी परिसर भित्र चल्ने सवारी साधनलाई हर्न बजाउन निशेष गरिएको पत्रकार सम्मेलनमा भट्टराइले जानकारी गराए।

प्रकाशित: २० वैशाख २०८० १४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App