३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

१२ जना पत्रकार सम्मानित

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मोरङमा १२ जना पत्रकारलाई सम्मान गरिएको छ। बुधबार नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको कार्यक्रममा ६० वर्ष उमेर पुगेका जिल्लाका १२ जना पत्रकारलाई सम्मान गरिएको हो।

सम्मानित हुनेहरूमा मिथिला उपाध्याय, शिवबहादुर कार्की, ऋतुवर्ण पराजुली, दुर्गाप्रसाद खतिवडा, दिनेश श्रेष्ठ, केशवबहादुर कार्की, दुर्गाप्रसाद भट्टराई, मोहन भण्डारी, दिपक दाहाल, तेजेन्द्र भण्डारी, प्रभाषचन्द्र झा र देवी पन्थी छन्।सम्मानित हुनेहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाकी कार्यबहाक प्रमुख शिल्पा कार्कीले सम्मानपत्र र दोसल्ला ओडाएर  सम्मान गरेका थिए। 

प्रकाशित: २० वैशाख २०८० ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App