१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विवाह गर्न नमान्दा प्रेमीको घरमै पुगी आत्महत्या !

वीर अस्पतालकी ३४ वर्षिया स्टाफ नर्स अनुमा श्रेष्ठ बालाजुको बोहराटारस्थित एक घरमा मृत अवस्थामा फेला परेकी छन्। नुवाकोट स्थायी ठेगाना भई हाल बोहोराटार हाइटमा बसोबास गरिरहेका डा.सुजन ढकालको घरमा शनिबार साँझ अनुमाको शव झुण्डिएको अवस्थामा फेला परेको हो। शनिबार साँझ प्रहरीलाई खबर आएपछि राति नै शव उठाइसकिएको छ।

डा. सुजन र मृतक अनुमा प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। डा. सुजन विराटनगरस्थित कोसी अस्पातलमा कार्यरत छन्। अनुमाले आत्महत्या गरेको हुनसक्ने पनि प्रहरीको अनुमान छ। ‘आत्महत्या भनिएको छ। थप अनुसन्धान हुँदैछ,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले भने, ‘शवसँगै प्रहरीले ‘सुसाइड नोट’ पनि भेटिएको छ।’

वीर अस्पतालकी ३४ वर्र्षीया स्टाफ नर्स अनुमा श्रेष्ठ बालाजुको बोहराटारस्थित एक घरमा मृत अवस्थामा फेला परेकी छन्।

उक्त नोटमा चार वर्ष लामो प्रेम सम्बन्ध हुँदाहुँदै केटाको परिवारले आफूसँग विवाह गर्न अस्वीकार गरेकाले घरमै पुगेर आत्महत्या गर्ने निर्णयमा पुगेको उल्लेख रहेको प्रहरीले जनाएको छ। श्रेष्ठले आफ्नो जीवन भोगाई, प्रेमसम्बन्ध, विवाहका लागि भएको प्रयास र केटा पक्षको परिवारले गरेको अस्वीकार गरेको लगायतको विषय उल्लेख गरेको स्रोत बताउँछ।

मृतक श्रेष्ठको परिवार स्रोतका अनुसार प्रेमी डा. सुजन र उनका बुवाले श्रेष्ठसँग विवाह गर्न अस्वीकार गरेका थिए। सोह्रखुट्टेमा बस्दै आएकी अनुमा नजिकै रहेकाले बेलाबेलामा सुजनको घरमा गएर पनि बस्ने गर्थिन्। घटना हुँदा डा. सुजन भने धरानमा रहेको प्रहरीस्रोतले बतायो।

मृतक श्रेष्ठको परिवार स्रोतका अनुसार प्रेमी डा. सुजन र उनका बुवाले श्रेष्ठसँग विवाह गर्न अस्वीकार गरेका थिए। 

आत्महत्या दुरुत्साहनमा जाहेरी

अनुमाका आफन्तले प्रेमी भनिएका डा. सुजनविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन्। सुसाइड नोटका आधारमा आफन्तले आत्महत्या दुरुत्साहनमा प्रहरी बृत्त बालाजुमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता रिजालले बताए। जाहेरीपछि प्रहरीले डा. सुजनलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी गरेको छ। उनी विराटनगरबाट काठमाडौं आउने क्रममा रहेको प्रहरी स्रोतले बतायो। 

प्रकाशित: १८ वैशाख २०८० ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App