३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीनको जनाको मृत्यु, दुई घाइते

मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडी खोला कालिदमारमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सोमबार राती करिब ९ बजेको समयमा कालिदमारस्थित भित्री सडक खण्डमा मिलडाँडाबाट हाँडी खोलातर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ त ७१८८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मनहरी गापा ३ का २४ वर्षीय राजकुमार प्रजा, मनहरी गापा ३ हाँडी खोला बस्ने ३० वर्षीय बीरमान रुम्बा र मनहरी गापा ४ सालघारी बस्ने २० वर्षीय प्रवीण प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

दुर्घटनामा घाइते भएका उनीहरुको उपचारको क्रममा हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा मनहरी गापा ३ हाँडी खोला बस्ने २४ वर्षीय अमृत प्रजा र ठेगाना यकिन नभएका ४५ वर्षीय जोखलाल प्रजा घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतमले जानकारी दिए।

चालक गम्भीर घाइते रहेकोले दुर्घटनाको कारण खुल्न नसकेको उनले बताए। कच्चा बाटो भएकोले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। घटना पश्चात् जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरीको टोली तथा मनहरी गाउँपालिकाको अध्यक्ष सहितको टोली घटनास्थल पुगेको थियो। 

प्रकाशित: ११ वैशाख २०८० १७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App