मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्षको बैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यसवर्ष पहिलो पटक बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर बोडेको टोल टोल घुमेका छन।
सुजन यस अघि ९ पटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन । जिब्रो छेड्नुअघि उपवास बस्ने र जिब्रो छेडेपछि नगर परिक्रमा गरेर सियो ननिकालेसम्म पानीसमेत खान नपाइने प्रचलन छ।
यस अघि कृष्णचन्द्र बागस् श्रेष्ठ १२ पटक जुजुभाइ बासस् श्रेष्ठले ८ पटक जिब्रो छेडेका छन।परापूर्व कालमा एउटा राक्षसले निकै दुःख दिएको र त्यसलाई जनताले मिलेर लखेटेको सङ्केतको रूपमा जिब्रो छेड्ने जात्रा मनाइने गरेको भनाइ छ।
प्रकाशित: २ वैशाख २०८० ११:५० शनिबार