२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उठेन सिंहदरबारको फोहोर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फाेहोर आज पनि उठ्न सकेको छैन।

संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रा.लि.का कर्मचारीहरुलाई निर्देशन दिएका थिए।

आइतबार बिहान सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने र आइतबारबाट सिंहदरबारको फोहोर नउठाउने भनेका थिए। उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरुले उनको विरोध गरेका छन्।

राजनीतिक दलका नेताहरुले जिम्मेवार पदमा बसेर गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साहको विरोध गरेका हुन्। आइतबारबाट उठ्न छोडेको सिंहदरबार परिसरको फोहोर सोमवार पनि उठेको छैन।

सिंहदरबारबाट फोहोर नउठाएपछि अहिले सिंहदरबारको फोहोर पुतली बगैँचामा थुपारिएको छ। विज्ञहरूले यसलाई संघ सरकार केन्द्र सरकारबीचको टकराव फोहोरका कारण सिंहदरबारबाट सुरु भएको बताउँदै आएका छन्। महानगरको गैरजिम्मेवारीपनाप्रति केन्द्र सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

प्रकाशित: २७ चैत्र २०७९ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App