४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

छिन्चु खोलामा बन्ने भयो पक्की पुल

पुल शिलान्यास गर्दै उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का। तस्बिर: नागरिक

भेरीगंगा नगरपालिकाको अति दुर्गम मानिने १ र २ नम्बर वडा जोड्ने छिन्चु खोला माथि पक्की पुल निर्माणको लागि शिलान्यास भएको छ।

भेरीगंगा नगरपालिका –२ सत्तरीस्थित छिन्चु खोलामा पक्की पुलको उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले एक कार्यक्रममाझ शिलान्यास गरेका हुन्।

उपप्रधान तथा रक्षा मन्त्री खड्काले शिलान्यास कार्यक्रममा विकासले पछि परेको क्षेत्रलाई विकासको मुलधारमा ल्याउन सबैले हातेमालो गर्नुपर्ने बताए। विकासमा साझा भएर सबै लाग्नुपर्ने भन्दै उनले नगरपालिका, प्रदेश र संघले विकासमा पछि परेका क्षेत्रहरूको विकासका लागि लाग्नुपर्ने बताए। 

२०७९ फागुन १५ गते ठेक्का सम्झौता भएको छिन्चुखोला पुल श्री अन्जना–वाई.एसएस जे.भीले १७ करोड ७२ लाख ५८ हजार ९ सय ६४ रुपैयाँमा ठेक्का सम्झौता गरेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। पुलको प्रारम्भ काम २०७९ चैत्र १६ गतेबाट थालेको हो। ठेकेदार कम्पनीले २०८२ वैशाख १५ गते पुल निर्माण सक्नुपर्ने गरी सडक डिभिजन कार्यालय सुर्खेतमा सम्झौता गरेको छ।

स्थानीयहरु, जनप्रतिनिधिहरूले समय अवधिभित्रै काम सक्नका लागि आफूहरूले सहयोग गर्ने प्रतिबद्धता समेत गरे।

प्रकाशित: २६ चैत्र २०७९ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App