coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

किर्ते आरोपमा मालपोत अधिकृत पक्राउ

काठमाडौं- प्रहरीले नक्कली जग्गाधनी खडा गरेर चितवनको तीन बिघा जग्गा बिक्री गर्न सघाएको आरोपमा ललितपुर मालपोत कार्यालयका मालपोत अधिकृतलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अधिकृत मीनबहादुर  भट्टराईलाई ललितपुर लगनखेलस्थित कार्यालयबाट पुस ६ गते पक्राउ गरेको सोमबार पत्रकार सम्मेलन गरी जनाएको छ। गिरोहका देवेन्› थापा र नगेन्› कार्कीलाई मंसिर ३० गते सुनसरीबाट पक्राउ गरेपछि भट्टराईको संलग्नता खुलेको हो।

ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले किर्ते कागजपत्रका आधारमा जग्गा बेचबिखनमा संलग्न गिरोहका सदस्य र सरकारी कर्मचारीलाई पक्राउ गरिएको बताए। उनका अनुसार घटनामा संलग्न थप तीनजना अझै फरार छन्। उनका अनुसार फरार हुनेमा अवकाशप्राप्त सरकारी कर्मचारी छन्।

'यो उच्च तहको ठगी हो, करोडौं मूल्यको जग्गा किर्ते कागजपत्रका आधारमा बेचबिखन तथा दर्तापास भएको छ, थप अनुसन्धान भइरहेको छ,' डिआइजी सिलवालले भने।

ब्युरोका अनुसार चितवन भण्डारा–२ बस्ने लोकेन्›राज पाठकको नामको किता नम्बर १०८२ को तीन बिघा एक कट्ठा पाँच धुर जग्गा गिरोहले किर्ते व्यक्ति खडा गरी बेचबिखन गरेको थियो। अनुसन्धानमा देवेन्› थापासमेतको गिरोहले तत्कालीन डिल्लीबजार मालपोत कार्यालय तथा चितवन मालपोत कार्यालयका कर्मचारीसँग मिलेमतो गरी जग्गाधनी लोकेन्द्रराज पाठकको नागरिकता तथा जग्गा धनी पुर्जा किर्ते खडा गरेको खुलेको हो। 

गिरोहका सदस्य आफैं जग्गाधनी बनी मालपोत कार्यालय डिल्लीबजारबाट २०६६ फागुन २८ गते जग्गाको मूल्य एक लाखमात्र राखी जग्गा बिक्री गर्ने लोकेन्द्रराज पाठक तथा खरिद गर्ने जीवनराज पाठक उल्लेख गरी बेजिल्ले राजीनामा पास गरेका थिए। पास गरेको सम्पूर्ण सक्कल कागजात हुलाकबाट पठाउनुपर्नेमा मालपोतका कर्मचारीले गिरोहको हातैमा दिएका थिए। उक्त कागजातबाट २०६६ चैत ९ गते मालपोत कार्यालय चितवनमा नक्कली जीवनराजको नाममा दाखिला खारेज गराई सोही जग्गा २०६७ वैशाख ६ गते नक्कली मकवानपुरस्थित नेचुरल फ्लावर एन्ड हर्बल प्रालि कम्पनीलाई ४९ लाख ५० हजारमा बिक्री गरिएको थियो।

कम्पनीले सुरुमा सो जग्गा हिमालय बैंकमा धितो राखी ५ करोड र फेरि प्राइम बैंकबाट २०६९ साउन १६ मा ८ करोड ऋण लिएको खुलेको छ।

यसरी भयो ठगी

वास्तविक जग्गाधनी लोकेन्›राज पाठकको जग्गा धनी पुर्जाको प्रतिलिपि चितवनमा जग्गाको कारोबार गर्ने व्यक्तिहरुबाट देवेन्› थापाको गिरोहले प्राप्त गरेपछि ठगी योजना सुरु भएको थियो। लोकेन्›राज पाठकको नागरिकता तथा जग्गा धनी पुर्जासमेत किर्ते खडा गरी निजको भतिजा नाता पर्ने जीवनराज पाठकलाई बेजिल्ले पास गर्ने गरी नगेन्› कार्की आफैं जीवनराज पाठक बनेका थिए। गिरोहले आवश्यक सबै सरकारी कागजपत्र किर्ते बनाएको अनुसन्धानमा खुलेको छ। किर्ते कागजपत्रको आधारमा  मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंबाट सो कार्यालयका कर्मचारीको मलेमतोमा २०६६ चैतमा बेजिल्ले पास भएको हो।

पीडितले आफ्नो जग्गा किर्ते गरी बेचबिखन भइसकेको थाहा पाएपछि लिखत बदरका लागि चितवन जिल्ला अदालतमा मुद्दा हालेका छन्। मुद्दा विचाराधीन छ। पीडितले गिरोहको खोजी र कारबाहीका लागि महानगरीय प्रहरी परिसर, अपराध महाशाखा काठमाडौं तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका थिए। तर, कतैबाट अनुसन्धानमा प्रगति नभएपछि पीडित ब्युरोको सम्पर्कमा आएको डिआइजी सिलवालले जानकारी दिए।

प्रकाशित: १९ पुस २०७३ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App