२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

देउखुरीमा अवैध उत्खनन्, १० वटा ट्याक्टर नियन्त्रणमा

अवैध रुपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले १० वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

लमही नगरपालिका वडा न.७ बनगाई र हस्नापुर स्थित अर्जुन खोलामा आइतबार बिहान  २ बजे अवैध रुपमा उत्खनन् भैरहेको स्थानबाट ट्याक्टर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक ईश्वर डि. सी.ले जानकारी दिए।  

सशस्त्र प्रहरी बल अर्जुनखोलाबाट सशस्त्र प्रहरी निरीक्षक डि. सी. को नेतृत्वमा खटिएको गस्ती टोलिले लमही नगरपालिका वडा न. ७ बनगाईबाट ६ ओटा र सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरको नेतृत्वमा खटिएको गस्ती टोलिले लमही नगरपालिका ७ हस्नापुरबाट ४ ओटा ट्याक्टरहरु बालुवा सहित नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिईएका ट्र्याक्टरहरुलाई आवश्यक कानुनी कारवाहीको प्रकृयामा लगिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।

प्रकाशित: २६ चैत्र २०७९ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App