१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सुन लुट्न दुई बालिकाको हत्या, दुई किशोरी पक्राउ

पूर्वी रुकुममा सुनको लोभमा दुई बालिकाको हत्या भएको छ। दुई किशोरीले दुई बालिकाले लगाएको सुनको गहना लुट्न उनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमले जनाएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी रन्जिता श्रेष्ठका अनुसार   पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्माका ७ बर्षिया कञ्चन बुढा र उनकी दिदी ८ बर्षिया रिमा बुढाको हत्या भएको हो। ‘सुनको लोभमा दुई किशोरीले दुई बालिकाको हत्या गरेको देखिएको छ,’ डिएसपी श्रेष्ठले भनिन् ‘घटना बारे थप अनुसन्धान भैरहेको छ।’

गत २२ गते कञ्चन र रिमा घर नजिकै बारीमा न्युरो टिप्न गएका थिए । नजिकै दुई युवतीहरुले बारीमा काम गरिरहेका थिए । कञ्चन र रिमाले सुनका गहना लगाएका थिए। बारीमा काम गरिरहेका दुई किशोरीमा सुनको लोभ जाग्यो। उनिहरुले कञ्चन र रिमाले लगाएको सुनका गहना लुट्न खोजे। ‘दुई बालिकाहरुले सुनका गहना लगाएका रहेछन्, परिवारका अनुसार सुनका गहना एक तोला बराबरको भनिएको छ,’डिएसपी श्रेष्ठले भनिन् ‘बारीमा काम गर्दै गरेका अरु दुई किशोरीलाई सुनको लोभ जागेछ ,अनि उनिहरुले सुन लुट्न खोजेको देखिन्छ।’  

सुन लुट्न खोज्दा दुई बालिकाहरुले ति किशोरीहरुलाई चिनेको र आफूहरु फस्ने डरले किशोरीहरुले बालिकाहरुको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। ‘सुरुमा उनीहरुले सुन लुट्न खोजे, तर बालिकाहरुले उनिहरुलाई चिने,’डिएसपी श्रेष्ठले भनिन् ‘बालिकाहरुले चिनेका कारण आफूहरु फस्ने डरले उनिहरुले ति बालिकाहरुको हत्याको योजना बनाएका रहेछन्।’  प्रहरीका अनुसार ति किशोरीहरुले सुनको गहना लुटे अनि दुबै बालिकाको घाँटि थिचेर हत्या गरेका थिए। ‘उनीहरुले सुनको गहना लुटे, अनि घाँटी कसेर हत्या गरेका रहेछन्,’ डिएसपी श्रेष्ठले भनिन्।

हत्या गरिएका दुई बालिकाको शब उनिहरुले भिरबाट फालिदिएका थिए। घटनास्थलमा रहेका पत्रकार सुदन थापाका अनुसार शब हत्या गरिएको स्थान भन्दा उक किलोमिटर टाढा भिरबाट अनकन्टार ठाउँमा उनिहरुको शब फालिदिएका थिए। ‘हत्या भैसकेपछि उनीहरुले घटना स्थल भन्दा एक किलोमिटर टाढा अनकन्टार ठाउँमा कसैले पनि नदेखोस् भनेर शब भिरबाट फालिएको रहेछ,’ पत्रकार थापाले भने ‘गाउँलेहरुले खोजतलास गर्ने क्रममा उनीहरुको शब फेला परेको थियो ’

दुई बालिका उक्त दिन घर नफर्केपछि परिवारले छिमेकमा खोजतलास गर्यो । तर उनिहरु त्यो दिन फेला परेनन्। अर्को दिन बिहान (२३ गते) खोजतलास गर्ने क्रममा दुई बालिकाहरु छाँगा तल मृत अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार हत्यामा संलग्न रहेको भनिएका दुई किशोरीहरुलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ।  उनीहरुलाई म्याद थप गरि थप अनुसन्धान भैरहेको डिएसपी श्रेष्ठले जानकारी दिईन् । ‘अहिले सम्मको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले सुनको लोभमा हत्या गरेको देखिन्छ,’ श्रेष्ठले भनिन् ‘घटनामा संलग्न रहेको भनिएका दुईजनालाई म्याद थप गरि अनुसन्धान गरिरहेका छौँ, घटनाको थप विस्तृत जानकारी अनुसन्धान पुरा भएपछि आउने छ।’  

प्रकाशित: २६ चैत्र २०७९ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App