धनुषाको सहिदनगर नगरपालिका-१ स्थिति बलाबाखरबाट अबैध रुपमा भारतबाट ल्याउँदै गरेको दुई क्विन्टल कुखुरा शनिबार बिहान सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरी बेस क्याम्प यदुकूहाका सशस्त्र प्रहरी निरीक्षक अपार प्याकुरेलको कमाण्डमा रहेको गस्ती टोलीले शनिबार बिहान दुई क्विन्टल कुखुरा बरामद गरि नष्ट गरेको हो।
अबैध रूपमा भित्र्याउन लागेको कुखुराको मूल्य पचास हजार बराबर रहेको सशस्त्र प्रहरी निरीक्षक प्याकुरेलले बताए। प्रहरीका अनुसार कुखुरा भित्र्याउन प्रयोग भएको मोटरसाइकल नियन्त्रणमा लिई भन्सार कार्यलय जनकपुर पठाइएको छ भने कुखुरा पशु क्वारेन्टाइन र स्थानीयको रोहवरमा नष्ट गरिएको छ।
भारतबाट अवैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाउँदा नेपाली कृषक जोखिममा पर्नुका साथै व्यवसाय पनि धराशायी भएको स्थानीय व्यवसायी र किसानको गुनासो छ।
प्रकाशित: २५ चैत्र २०७९ ०५:०९ शनिबार





