१८ माघ २०८२ आइतबार
image/svg+xml
समाज

यसरी मृत भेटिएका थिए एउटै घरका दुई दिदिबहिनी

बुधवार बेलुका सिस्नो टिप्न हिडेका तारामान बुढाका ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर राती घर आएनन्। परिवारमा छटपटी भयो। वरपर खोज्न थाले तर भेटिएनन्। बिहान उज्यालो भए पछि अलिपर भिरमा दुई दिदिबहिनीको शव भेटियो। हल्ली खल्ली भयो। स्थानीयले प्रहरीलाई खबर गरे। घटनाको गाम्भीयतालाई हेरेर नजिकको प्रहरी र स्थानियले शव रुघेर बसे। 

घटनाको खबर पाएको केहिबेरमा थप अनुसन्धानको लागि सदरमुकामबाट हिडेको टोली करिब ७ घण्टा टाढाको घटनास्थल पुग्यो। जिल्ला प्रहरी प्रमुखको टोलीले पनि अनुसन्धानलाई थप गुहार माग्यो। दिउँसो अबेर नेपाली सेनाको हेलिकप्टरले अनुसन्धान अधिकृत र तालिम प्राप्त कुकुर ल्याएर छोड्यो।

दुर्गम पहाडमा हेलिकप्टले घटनास्थल भन्दा करिब २ घण्टा पर थप अनुसन्धान टोली उतारे पछि घटनास्थल पुग्दा अबेर भएको थियो। रात पर्दै जादा अनुसन्धानका काम र शव उठाउने प्रकृया हुन सकेन। परिवारका सदस्य, स्थानीय र प्रहरीले रातभर जंगलमा शव कुरेर बसे।  शुक्रबार मध्यान्न तिर अनुसन्धानको औपचारीकता सकाए पछि पोष्टमार्टमका लागी शव जिल्ला अस्पताल लगिएको छ। शवको पोष्टमार्टम शनिवार मात्र हुने बताइएको छ।

रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा सिस्नो टिप्न घरबाट निकेका एकै घरका दुई बालिका मृत अवस्थामा भेटिएको घटनाको अनुसन्धान तिब्र पारिएको प्रहरीले जनाएको छ। ‘अन्य कुरा सबै न्युजमा आए जस्तै हो। अनुसन्धान चलिरहेको छ। शव पोष्टमार्टमका लागि पठाएका छौ।’ यहाँका प्रहरी प्रमुख अन्जना श्रेष्ठले भनिन् ‘भिरमा शव थियो। बाहिरि चोट पटक त देखिएको छ। भित्रि कुरा पोष्टमार्टमले देखाउला।’ उनले तालिम प्राप्त कुकुरले अलिअलि बाटो देखाएको बताइन। ‘सोधपुछका लागि एकदुई जनालाई नियन्त्रणमा लिएका छौ। हामि अहिले पनि घटनास्थलमै छौ।’ अनुसन्धानमा बाधा पुग्ने भएपछि सुरक्षा निकायले थप विवरण दिन चाहेको छैन।

बुधवार साझ सिस्नो टिप्न निस्केका स्थानिय तारामान बुढाका ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर बिहिबार बिहान मृत अवस्थामा फेला परेका थिए। रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले भने ‘जिल्लाबाट प्रहरीको टोलि बिहिवार नै घटनास्थल पुगेको छ। प्रारम्भीक अनुसन्धान अनुसार हत्याको आसंका भएकाले हेलिकप्टर मार्फत थप अनुसन्धान टोली र तालिम प्राप्त कुकुर ल्याइएको हो।’ उनले जति सक्दो चाडो बास्तबिकता बाहिर ल्याउने बताए।

प्रकाशित: २४ चैत्र २०७९ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App