२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

युवाहरूलाई पार्टी प्रवेश गराउँदै लिङ्देनले भने : हामी निकै उत्साहित छौँ

तस्बिर : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको फेसबुकबाट

दर्जनौँ युवाहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरूलाई स्वागत गरेका हुन्। राप्रपा दोलखा काठमाडौं सम्पर्क समाजद्वारा शनिबार आयोजित कार्यक्रममा दर्जनौँ युवाहरू राप्रपामा प्रवेश गरेका हुन्।

यसबारे जानकारी गराउँदै उनले भनेका छन्, ‘दोलखा स्थायी बसोबास भई काठमाडौंमा अध्ययन लगायत विभिन्न पेसा व्यवसायमा रहेका युवाहरूको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशले हामी उत्साहित भएका छौँ। युवाहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा हार्दिक स्वागत छ।’

प्रकाशित: १८ माघ २०८२ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App