४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

गेटवे इन्टरनेसनल एकेडेमीले प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

पुरानो बानेश्वरको रोहिनी मार्गस्थित आयोजक क्याम्ब्रिज पब्लिक हाइ स्कुलमा भएको फाइनलमा गेटवेले नेक्सस इन्टरनेसनल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्‍यो। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। उपाधिसँगै गेटवेले ३० हजार र नेक्ससले २० हजार नगद पुरस्कार पाए। पिस प्वाइन्टले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ५–१ गोलले हराउँदै तेस्रो भयो। पिस प्वाइन्टले १० हजार नगद पुरस्कार प्राप्त गर्‍यो। गेटवेका अनुप तामाङ उत्कृष्ट खेलाडी र गेटवेकै सौगात कार्की उत्कृष्ट गोलकिपर घोषित भए।

पिस प्वाइन्टका सुरज रेग्मी सर्वाधिक गोलकर्ता बने। विजेतालाई नेपाल प्रहरीका पूर्वमहानिरीक्षक धीरजप्रताप सिंह, अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्यसमेत रहेका नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना रानामगर, क्याम्ब्रिजकी संस्थापक प्रधानाध्यापक रिता राई दाहाललगायतले पुरस्कृत गरेका थिए। 

प्रकाशित: १८ माघ २०८२ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App