५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्य

पशुपतिनाथदेखि वैद्यनाथ धामसम्म द्रुतमार्ग निर्माण हुने

नेपाल र भारतबीच धार्मिक तथा क्षेत्रीय सम्पर्क विस्तार गर्ने उद्देश्यले नेपालको पशुपतिनाथ मन्दिरदेखि भारतको झारखण्डस्थित वैद्यनाथ धाम (देवघर) सम्म पशुपतिनाथ–बैद्यनाथधाम हाई–स्पीड करिडोर निर्माण गरिने भएको छ।

करिडोर निर्माण को विषयमा दिलीप जयसवालले बिहार विधानसभामा बजेट प्रस्तुत गर्ने क्रममा बताएका हुन् । आर्थिक वर्ष २०२६–२७ का लागि सडक निर्माण विभागको ८ हजार २६० करोड भारतीय रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्दै मन्त्री जयसवालले करिब २५० किलोमिटर लामो ग्रीनफिल्ड एक्सप्रेस–वे निर्माण गरिने बताएका छन्। 

उनले राखेको प्रस्तावित करिडोर काठमाडौंबाट सुरु भई भीमनगर र वीरपुर हुँदै बिहारको सुपौल जिल्लाबाट भारत प्रवेश गर्नेछ। त्यसपछि मधेपुरा, सहरसा, खगरिया, मुंगेर र बांका जिल्ला पार गर्दै झारखण्डको देवघरस्थित वैद्यनाथधामसम्म पुग्नेछ। 

मन्त्री जयसवालका अनुसार परियोजनाको मुख्य उद्देश्य नेपालका प्रसिद्ध पशुपतिनाथ मन्दिरलाई झारखण्डको बैद्यनाथधामसँग प्रत्यक्ष सडक सञ्जालमार्फत जोड्नु रहेको छ । 

जसले गर्दा धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै दुई देशको सांस्कृतिक परम्परा पनि आदान–प्रदान हुने विश्वास गरिएको छ । एजेन्सी 

प्रकाशित: ४ फाल्गुन २०८२ १६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App