१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

जुम्लामा भर्‍याङबाट खसेर दुई वर्षिया बालिकाको मृत्यु

जुम्लाको सिँजा गाउँपालिका- १ जाँच गाउँमा भर्‍याङबाट खसेर एक बालिकाको मृत्यु भएको छ।

दुई वर्षिया आकाङ्क्षी बोगटी अन्य बालबालिकाहरुसँग एक आपसमा खेल्ने क्रममा भर्‍याङ चढ्न खोज्दा भर्‍याङ र बालिकासँगै खसेर उनकाे मृत्यु भएको सोही वडाका अध्यक्ष विशेश्वर खत्रीले बताए।

खत्रीका अनुसार भर्‍याङ र बालिकासँगै खसेर बालिकाको घाँटीमा भर्‍याङले च्यापिएर मृत्यु भएको हो। उनका अनुसार सो बेला मृतक बालिकाका आमाबुवा काम गर्न घर बाहिर गएका थिए। र बज्यै घरभित्र रोटी हाल्नमा व्यस्त थिइन्।

प्रकाशित: २३ चैत्र २०७९ ११:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App