हरेक वर्ष नयाँ वर्षको स्वागतका क्रममा न्यूयोर्कको टाइम्स स्क्वायरमा खसालिने चम्किलो बल आज विश्वकै सबैभन्दा चर्चित नयाँ वर्ष परम्परामध्ये एक बनेको छ । यो परम्परा सन् १९०७ डिसेम्बर ३१ मा सुरु भएको थियो । न्यूयोर्क सहरले आगलागीको जोखिमका कारण आतिशबाजीमा प्रतिबन्ध लगाएपछि द न्यू योर्क टाइम्सका मालिक एडोल्फ ओच्सले नयाँ खोजी गरेका थिए।
फलाम र काठबाट बनाएको पहिलो बल करिब ७०० पाउन्ड तौल र २५ वाटका बत्तीहरूले सजाइएको थियो। यसको डिजाइनर इलेक्ट्रिक साइन डिजाइनर ज्याकब स्टार थिए।
अहिले प्रयोग हुने बल करिब छ टन तौल र हजारौँ क्रिस्टल टुक्राले बनेको छ । दोस्रो विश्वयुद्धका दुई वर्ष बाहेक सन् १९०७ यता यो परम्परा रोकिएको छैन। आज टाइम्स स्क्वायरको बल ड्रप केवल समय संकेत नभई विश्वव्यापी उत्सवको प्रतीक बनेको छ। एजेन्सी
प्रकाशित: १६ पुस २०८२ ०७:२५ बुधबार





