१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

खसीबोका चोरी गर्ने गिरोहसहित मासु पसल सञ्चालक पक्राउ

भक्तपुर प्रहरीले खसीबोका चोरी गर्ने र चोरी भएको खसी बोका खरिद गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

रामेछाप दोरम्वा १ घर भई हाल भक्तपुरको सूर्य विनायक बस्ने वर्ष २४ को सुमन तामाङ (ट्याक्सी चालक), दोरम्वा ७ घर भई हाल भक्तपुरको मध्यपुर थिमि बस्ने वर्ष ४० को मिलन तामाङ र रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल काठमाडौं पेप्सीकोलामा रामेछाप उदयपुर मासु पसल सञ्चालन गर्ने वर्ष ४३ को दिलबहदुर कार्की (मासु पसल सञ्चालक) गरी तीन जनालाई पक्राउ गरेको हो।

घटना विवरण अनुसार बिहीबार बिहान अन्दाजी तीन बजेको समयमा प्रहरी चेकजाँच गर्ने क्रममा बा. २ ज. ४३२७ नं.को ट्याक्सीमा एक बोकासहित पक्राउ परेका ती तीन जना व्यक्तिहरू फेला परेका थिए।

निजहरूलाई सोधपुछ गर्दा काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. ३ कुशादेवीको रितप्रसाद सापकोटाको घरबाट बोका चोरी ल्याएको र रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल काठमाडौं पेप्सीकोलामा रहेको रामेछाप उदयपुर मासु पसलका संचालक वर्ष ४३ को दिलबहादुर कार्कीलाई बेच्न हिँडेको भन्नेसमेत अनुसन्धानको क्रममा खुल्न आएको छ।

निज मासु पसलका सञ्चालकसमेतलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि चोरीमा संलग्न मानिसहरु, सवारी साधन (ट्याक्सी), बोकासमेत इलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलान्चोकमा पठाइएको प्रहरी परिसर भक्तपुरले जनाएको छ।

साथै, हालसम्मको प्रारम्भिक अनुसन्धानमा काभ्रेपलान्चोकको विभिन्न ८ स्थान र भक्तपुरको १७ स्थानबाट ४ वटा बोका र ३६ वटा खसी चोरी भएको भन्ने समेत खुल्न आएको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए।

प्रकाशित: १७ चैत्र २०७९ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App