मिटरब्याज लिएको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ। दुई जनालाई धनुषाको सबैला र एक जनालाई जनकपुरबाट पक्राउ गरिएको छ।
पक्राउ पर्नेहरूमा सबैला नगरपालिका २ का बुधुलाल यादव, पुनितादेवी यादव र जनकपुरधाम उपमहानगरपालिका २४ का श्रवण दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए।
जिल्ला प्रशासन कार्यलयको आदेश उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रकाशित: १७ चैत्र २०७९ १२:२३ शुक्रबार





