३ माघ २०८२ शनिबार
image/svg+xml
समाज

त्रिभुवन विमानस्थल र ठमेलबाट लागुऔषधसहित दुई भारतीय महिला पक्राउ

लागुऔषध कोकिनसहित २ जना भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।

बिहीवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हवाई मार्ग हुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजन लागेको लागुऔषध कोकिनसहित २ जना भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

एक जनालाई विमानस्थलबाट पक्राउ गरिएको हो भने अर्का एक जनालाई काठमाडौंको ठमेलस्थित होटलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए।

उनका अनुसार पक्राउ परेका दुई भारतीय नागरिकलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चैत्र १४ गते अनुमानित ११ बजेर १५ मिनेटमा यण्डिगो एयरलाइन्सबाट त्रिभुवन विमानस्थल हुँदै काठमाडौंबाट भातको नयाँ दिल्ली जान लागेको सरचिप मेजोरम ठेगाना भएकी वर्ष ४५ की भल्लालामीले साथमा बोकेको लगेज शंका लागेर खोल्दा ४ वटा लेडिज ब्यागमा फ्लसबटम बनाइ भारतको नयाँ दिल्लीतर्फ निकासी गर्न लागेको अवस्थामा लागु औषध केकिन २.८८७ के.जी. सहति पक्राउ गरिएको बताए। 

त्यस्तै विशेष सूचनाको आधारमा चैत्र १४ गते अनुमानित ५ः१५ बजेको समयमा काठमाडौं २६ ठमेलस्थित होटलबाट सोही ठेगाना भएकी वर्ष २९ की इस्टर लालिम्पुरीको साथमा रहेको रहेको सुटकेस भित्र फ्ल्सबटम बनाइ लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध कोकिन ५ किलोग्रामसहित पक्राउ गरिएको बताए।

अवैध कोकिनको बजारमूल्य १७ करोड ३ लाख ५१ हजार २ सय रहेको छ।

प्रकाशित: १६ चैत्र २०७९ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App