२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

एक अर्ब क्लबमा तमन्नाको ‘आज की रात’

बलिउड चलचित्र ‘स्त्री २’ को गीत ‘आज की रात’ प्रदर्शनको एक वर्ष भइ सकेको छ। यो गीतले हालसम्म युट्युबमा एक अर्ब बढी भ्युज कमाएको छ।

१५ अगस्त २०२४ मा प्रदर्शनमा आएको 'स्त्री २' मा गीतमा दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटियाको नृत्य र अभिनय देख्न सकिन्छ। गीतमा गायिका मधुबन्ती बागची र गायक दिव्या कुमारको स्वर रहेको छ।

सो चलचित्रमा राजकुमार राउत र श्रद्धा कपुरको मुख्य भूमिका रहेको छ। हरर कमेडी चलचित्रको पहिलो श्रृङ्खला २०१८ मा आएको थियो। गीत प्रदर्शनको समय पनि भाइरल भएको थियो। 

प्रकाशित: ३ माघ २०८२ १४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App