२३ माघ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

अक्षलोकको गर्‍याे दुई दिने साहित्यिक यात्रा

अक्षलोकको दुईदिने साहित्यिक यात्रामा विभिन्न कार्यक्रम सम्पन्न भएकाे छ। सिन्धुपाल्चोककाे तेर्से माध्यमिक विद्यालयको निमन्त्रणामा सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र परिवारले तालामाराङ, मेलम्ची, सिन्धुपाल्चोक पुगेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर अर्यालका अध्यक्षता र डा. सावित्री श्रेष्ठकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

उक्त कार्यक्रममा सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रको तर्फबाट संस्थाका संरक्षक डा. सावित्री श्रेष्ठले तेर्से माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक एवम् मेलम्ची -६ का पूर्व वडाध्यक्ष जीतराज थापालाई सम्मान गरिएकाे थियाे।

अक्षलोक तथा केही साहित्यकारको तर्फबाट विद्यालयलाई दुई सयभन्दा बढी पुस्तक हस्तान्तरण गरिएकाे थियाे। साहित्यकार उर्मिला डङ्गोलले पुस्तक खरिद गर्न नगद पाँच हजार पाँच सय रुपियाँ प्रदान गरेका थिए।

कार्यक्रममा विद्यालयका क्याप्टेन साजन तामाङ लगायत अन्य विद्यार्थीहरूले गीत र कविता प्रस्तुत गरेका थिए। अक्षलोकले साजन तामाङलाई सम्मान पनि गरेकाे थियाे।

कार्यक्रममा डा. सावित्री श्रेष्ठ, विमलप्रभा बज्राचार्य, अन्जना ताम्राकार, मेनुका पौडेल, उर्मिला डङ्गोल, शर्मा ललिता, निशा केसी, शान्ति पौडेल, विजया बस्नेत र ललिता ‘दोषी’ ले कविता, कथा र मुक्तक प्रस्तुत गरेका थिए।

साहित्यकार ललिता ‘दोषी’ ले बालसाहित्यकार शर्मा ललिताका ‘सपनाको क’ (बालचित्रकथा, २०७५ ) र ‘चन्द्रलोकको सानो साथी’ (सचित्र बालकथासङ्ग्रह, २०७८) काे समीक्षात्मक टिप्पणी गरेकी थिइन्।

विद्यालयका शिक्षक रामभक्त दनुवारले सहजीकरण गरेकाे कार्यक्रममा शर्मा ललिता र ललिता ‘दोषी’ ले विद्यार्थीहरूलाई बालकथा एवम् बालकविता लेखनकाे प्रशिक्षण पनि दिएका थिए।

विद्यार्थीहरूले पनि आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए। सिद्धेश्वरमान अक्षलोक साहित्यिक केन्द्रले आयोजना गरेकाे दुईदिने साहित्यक यात्राको संयोजक शान्ति पौडेलले गरेकी थिइन्।

त्यस्तै यस कार्यक्रमको समन्वयकर्ता तेर्से माध्यमिक विद्यालयका शिक्षक गोपाल खड्का थिए। गोपाल खड्का र उनकी धर्मपत्नी रीता खङ्का र छोरा सागर खड्काको सुन्दर आतिथ्यमा अक्षलोक परिवारको दुईदिने साहित्यिक यात्रा भएको थियाे।

प्रकाशित: ३ माघ २०८२ १४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App