२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

पशुपतिमा धार्मिक तथा अन्य पर्यटकहरुको आकर्षण बढाउने गरी योजना थालौँः राष्ट्रपति

फाइल तस्विर

राष्ट्रपति रामचन्द्र पौडेललले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरुको लागि पनि महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्।

बिहीवार पशुपति क्षेत्रमा श्री राधा माधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषललाई हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन । 

उनले पशुपति क्षेत्रमा मन्दिरमा पूजा गर्न जने मात्रै नभइ पूजापछि विश्रामका लागि पनि बगैँचाहरुको निर्माण गरी व्यवस्थित गर्न जरुरी रहेको बताए। उनले पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने बताए। राष्ट्रपति पौडेलले पशुपति क्षेत्रमा भक्तजनका लागि धेरै उद्यान र प्रतिक्षालयको विकास र संरक्षण गर्न जरुरी रहेको बताए। 

उनले पशुपति क्षेत्रको विकासका लागि वृहत गुरुयोजना निर्माण गरी विशेष महत्वको आयोजनाका रुपमा अघि बढाउँदा स्वच्छ पिउनेपानी, व्यवस्थित शौचालय, पार्किङ स्थल, इन्टरनेट, सूचना लगायत भक्तजनका सामानको सुरक्षा लगायत आधारभुत र अत्यावश्येक सेवासमेत व्यवस्थित गर्न आवश्यक रहेको धारणा राखे।

राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रलाई मन्दिर दर्शन गरेर फर्किने मात्रै नभइ लामो समयसम्म बस्नसक्ने वातावरण बनाउनसके अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन सकिने बताए।

प्रकाशित: १६ चैत्र २०७९ ०८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App