राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिएकी छिन्।
बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार गम्भिर नभएको बताइन। उनले सरकार गम्भिर नबन्दा मिटरब्याजीको हौसला बढेको र पीडित आफ्नो पीडा दबाएर बस्न बाध्य भएको बताइन। उनले पीडितको आवाज नसुनि प्रधानमन्त्री भने दैनिक झिनामसिना कार्यक्रमहरुको उद्घाटन र भाषणमै दिन बिताइरहेको बताइन। भट्टले वार्ता टोली गठन गरेर झारो मात्र नटार्न सरकारलाई आग्रह गरिन।
समस्या समाधानको ठोस निर्णय गर्न सरकारसँग माग गरिन।उनले बोल्न पाउने जनताको अधिकारलाई बेवास्ता गर्दै जनताको मुख थुनिएको भन्दै राणा शासन र राजतन्त्रको अवशेष बाँकी रहेको टिप्पणी गरिन।। उनले बिरोध गर्नेहरुको आवाजलाई दबाइएको भन्दै गणतन्त्र यही हो भनि प्रश्न समेत गरिन। उनले देशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन।
प्रकाशित: १६ चैत्र २०७९ ०७:२७ बिहीबार





