बिना अनुमति रुख काटेको कसुरमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बढैयाताल गाउँपालिका–७ का ३५ वर्षीय दुखराम थारुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। अदालतले वि.स २०७९ साल वैशाख १४ गते बिना अनुमति रुख काटेको मुद्दामा थारुलाई १ महिना कैद र १० हजार ९ सय ५८ जरिवाना तोकेको थियो।
अदालतले सजाय तोके देखि थारु फरार रहेका थिए। गुलरिया नगरपालिका–६ स्थित लुकिछिपी बसेको अवस्थामाथारुलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो।
प्रहरीले थारुलाई नियन्त्रणमा लिई अदालतमा उपस्थित गराई कैद सजाय भुक्तान गराउन कारागार पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ चैत्र २०७९ ११:३५ मंगलबार





