अर्घाखाँचीको शितगंगा नगरपालिका ४, ठाडा (साबिक आर्मी क्याम नजिकै) सडक छेउमा बम जस्तो देखिने वस्तु फेला परेको छ।
टुँडिखेल देखि बर्बोट जाने सडकको पहिरो हटाउने क्रममा बम फेला परेको स्थानीयले दाबी गरेका छन्। बम फेला परेपछि स्थानीय त्रसित छन्।

डिस्पोजल नभएको बम फेला परेपछि त्यस क्षेत्रमा मानिस आवत जावत गर्न निषेध गरिएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।
द्वन्दकालमा राखिएको बम पहिरोले ल्याएको हुन सक्ने अनुमान गरिएको छ। बम हो या होइन भन्ने प्रहरीले पुष्टि गरिसकेको छैन।
प्रकाशित: १४ चैत्र २०७९ ०८:५९ मंगलबार





