७ वैशाख २०८१ शुक्रबार
समाज

सम्माननिय पीएम नेपाल ! आफु विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्नुहोसः महामन्त्री शर्मा

फाइल तस्विर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दाहाल विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न माग गरेका छन्।  

उनले मंगलबार दिउँसो ट्वीटर मार्फत प्रधानमन्त्री दाहाललाई यस्तो आग्रह गरेका हुन। उनले ट्वीटरमा भनेका छन, ‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन  िप्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुस्खद र आपत्तिजनक थियो १ आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु ।’ सम्माननिय प्रधानमन्त्री भन्दै यो आग्रह गरेका हुन।  

गत चैत ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ५८ औं अन्तराष्ट्रिय जातीय भेदभाव उन्मुलन सम्बन्धी सार्वजनिक कार्यक्रममा जान लागेका बेला उनी विरुद्घ नाराबाजी गरेका सोलुखुम्बुका २३ बर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० बर्षीय सोम शर्मा र बझाङका १८ बर्षीय विप्लव खड्काले नाराबाजी गरेका थिए। नेपाल प्रहरीले नाराबाजीका क्रममा उनीहरुलाई नियन्त्रण लिएको थियो। यस क्रममा प्रहरीले उनीहरुको मुख थुनिदिएको फोटो र भिडियो सार्वजनिक भयो । यो घटनाको विरुद्धमा व्यापक आलोचना भइरहेको छ।  

नाराबाजी गर्ने ती युवाहरु विरुद्ध काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अभद« व्यवहार मुद्दामा चैत १२ गते ५ हजार रुपैया धरौटी तोकेका थिए। तर ती युवाले धरौटी नबुझाएका कारण उनीहरुलाई जेल चलान गरिएको छ। 

प्रकाशित: १४ चैत्र २०७९ ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App