२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

अपाङ्गतालाई घरमै पुगेर नागरिकता

अपाङ्गता दनुवारलाई घरमै पुगेर नागरिक्ता दिदै प्रशासक बराल र मेयर श्रेष्ठ (दायाँ) सहित टोली। तस्बिर: महेश्वर

कटारी नगरपालिकाका फरक क्षमता भएका (अपाङ्गता) व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरिएको छ। बोल्न तथा राम्ररी हिडडुल गर्न नसक्ने अपाङ्गता भएका कटारी नगरपालिका ३ देवीधापका ३० वर्षीय बिनोद अधिकारी दनुवारलाई घरमै पुगेर नागरिक्ता प्रमाणपत्र दिइएको हो।

वडा सदस्य युवराज अधिकारी दनुवारको आग्रहमा इलाका प्रशासन कार्यालय कटारीका प्रमुख चेतराज बरालसहितको टोली घरमै पुगेर उनको नागरिकता बनाइदिएको हो। बोली नफुट्ने र आउजाउ गर्न पनि नसक्ने उनी नागरिकता अभावमा अहिलेसम्म सामाजिक सुरक्षा भत्ता उपभोग गर्न पाएका छैनन्। राज्यले दिएको सुविधा उपभोग गर्नबाट वञ्चित भएपछि नागरिकता बनाउन पहल थालेको वडा सदस्य दनुवारले बताए।  

आफ्नो आग्रह अनुसार वडा कार्यालयको सिफारिसमा आवश्यक कागज प्रमाण जुटाएर प्रशासन प्रमुखसहितको टोली दनुवारको घरमै आएर नागरिक्ता बनाई वितरण गरेको उनले बताए। प्रशासन प्रमुख बरालको टोलीले बनाईदिएको नागरिक्ता सोमबार कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले दनुवारलाई वितरण गरे।

जनप्रतिनिधि र प्रशासन कर्मचारीको यस्तो कार्यले स्थानीयबासीमा खुसी छाएको छ। मेयर श्रेष्ठले अपाङ्गता, अशक्त, गरिव विपन्न तथा पिछडिएका बर्गको सहज सेवाकै लागि  देशमा संघीयता र गणतन्त्र ल्याइएको बताए। ‘गाउँगाउँमा सिंह दरवार’को नारा लिएर स्थापित संघीयता र गणतन्त्रको कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीहरु लाग्नुपर्ने उनले बताए। संघीयताको जति बढी उपयोग गर्न सक्यो उत्ति नै देशबासी नागरिकले सहज सेवा पाउने उनले बताए।  

हजारौ सहिदको बलिदानी र लाखौँ घाईते, अपाङ्ग, टुहुरा र असहाय नागरिकहरुको योगदानबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी सँधै तत्पर हुन उनले आग्रह गरे। सहज, सुलभ र छिटोछरितो सेवा प्रवाहमा कर्मचारी र जनप्रतिनिधि मात्र उदार भईदिने हो भने पनि जनतालाई ५० प्रतिशत सजिलो हुने र त्यसले सुशासनको अनुभूति गराउने उनले बताए। 

प्रकाशित: १६ फाल्गुन २०७९ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App