२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महाशिवरात्रिमा तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनहरुको ओइरो

तालेश्वर महादेव मन्दिर स्थित शिव लिङमा पूजाआजा गर्दै श्रद्धालु भक्तजनहरु। तस्बिरः किरणमान बज्राचार्य/ नागरिक

महाशिवरात्रिको अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ महादेव सहित जिल्लाका शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ। 

नेपालकै ठुलो शिवलिङ दाबी गरिएको मन्दिरमा १० हजार बढी भक्तजनहरुले पूजापाठ गरेको  मन्दिर ब्यवसथपन समितिले जनाएको छ। छिमेकी जिल्ला, रुपन्देही, अर्घाखाँची, भारत लगायत विभिन्न स्थानबाट आएका भक्तजनहरुले मन्दिरमा पूजापाठ गरेका थिए।

शुक्रवार राति देखि नै मन्दिरमा भक्तजनहरुको भीड लागेको थियो। मन्दिरमा आएका साधु, सन्त, भक्तजनहरुको पूजापाठ, सहज दर्शकालागि मन्दिर व्यवस्थापन समितिले विशेष व्यवस्था गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम कुमार गुप्ताले बताए। मन्दिरमा महिला र पुरुषकालागि छुट्टै लाइनको व्यवस्था गरिएको थियो। पुरुषलाई पूर्वी द्वार र महिलालाई पश्चिमी द्धारबाट मन्दिरमा प्रवेश गराइएको थियो। पुरुष भन्दा महिलाको लाइन ठुलो थियो। पश्चिम द्वार देखि बहादुरगंज जाने चोक सम्म महिला भक्तजनहरुको लाई लागेका थियो।

सहजढंगबाट दर्शन तथा सुरक्षित पुजापाठकालागि मन्दिर परिसरमा प्रहरी परिचालन गरिएको थियो। भगवान गौतमबुद्धको जन्म भएपछि राजधानी तिलौराकोट फर्किँदा उनका पिता राजा शुद्धोधनले यही मन्दिरमा दर्शन गराएको किंवदन्ती छ। मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ। १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र समेत बनेको छ।

भक्तजनहरुको सुरक्षालाइ मध्यनजर गरी मन्दिर परिसरमा सिसी क्यामेरा समेत जडान गरिएको समितिले जनाएको  छ। आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त व्यवस्थापन गरी पूजाआजाको उचित व्यवस्थापनि गरिएको समितिले बताएका छ। अन्जानमा खण्डित गरिएको बसाहाको मूर्तिलाई छोपेर राखिएको छ। भारतको बनारसबाट लयाइएको बसाहाको नयाँ मूर्ति मन्दिरमा राखिएको छ।

यस्तै शिवराज नगरपालिका– ९ शिवगढी र रमुवादहमा रहेको शिव मन्दिरमा समेत भक्तजनहरुको घुइँचो लागेको छ। जिल्लकै सबैभन्दा उचाइमा रहेको मन्दिरमा समेत ठुलो संख्यामा भक्तजनहरुले पूजापाठ गरेका थिए। यस्तै शिवरात्रीको अवसरमा बाणगंगा नगरपालिकाको हथौसामा एक हप्ते मेला समेत सुरु भएको छ। यस्तै रमुवा दह  धानखोलामा समेत मेला लागेका छ।

प्रकाशित: ६ फाल्गुन २०७९ ०८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App