१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विकृति विरुद्धको अभियानमा पूर्वराजाले उडाए परेवा

सोमबार अपरान्ह मेडिकल व्यवसायी दुर्गा प्रसाईंको विकृति विरुद्धको अभियानमा ढिला गरी पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित भए।

पूर्वराजा बा २१च ७३१८ नम्बरको टोयटा कम्पनीको सवारी आफैंले चलाएर कार्यक्रम स्थलसम्म आएका थिए।

पूर्वयुवराज पारश शाह, छोरी सितास्मा र नातिनी पुर्णिका साथ स्टेज चडेका पुर्वराजा धेरै समय भने बसेनन्।

विकृतिविरुद्ध अभियानकी प्रवक्ता रमा सिंहले पूर्वराजालाई राजतन्त्रको अवधी झल्कने गरी देशमा विद्यमान समस्या बारे जानकारी गराउँदै स्वागत गरेकी थिइन्।

लगत्तै पुर्वराजाले मंचमा राखिएको पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरे। बटुकहरुको स्वस्तिबाचन सँगै उनले एक जोर परेवा उडाए र कार्यक्रमबाट बिदा भए।

झन्डै तिन घन्टा प्रतीक्षा गरेका सर्वसाधारणलाई शाहले कुनै सम्बोधन भने गरेनन्।

प्रकाशित: १ फाल्गुन २०७९ ०९:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App