coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नागरिकलाई गलत सन्देश दिएको भन्दै भैरहवाको जेल रेष्टुरेन्ट एण्ड बारमा शिल

रुपन्देहीको भैरहवामा सञ्चालित जेल रेष्टुरेन्ट एण्ड बारलाइ प्रशासनले बन्द गराइदिएको छ।  रेष्टुराले उदेश्य विपरित होटलमा जाने नागरिकलाइ नकारात्मक प्रभाव पार्ने खालका गतिविधि गरेको भन्दै प्रशासनले अनुगमन गरी होटल शिल शिल गरेकाे छ। 

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले तीन महिना देखि सञ्चालनमा आएको यो रेष्टुरेन्ट उद्येस्य अनुरुप सञ्चालन नगरीएको र  समाजमा नकारात्मक प्रभाव पर्न सक्ने देखिएपछि प्रशासनले अनुगमन गरी शिल गरिदिएको जानकारी दिए। होटल रेष्टुराहरुले उपभोक्तालाइ गुणस्तरीय खाना,खाजा सहित सेवा प्रदान गर्नु पर्नेमा जेल रेष्टुराका नाममा गलत सामानहरुको सजावट गरी गलत सन्देश तथा दृष्य सिर्जना गरी नागरिकलाइ गलत बाटोमा जान प्रेरित गर्न सक्ने भएकाले बन्द गरीएको उनले बताए।

भैरहवाको देवकोटा चोकमा तीन महिना अघि खुलेको उक्त रेष्टुरेन्टमा गएका केही युवाहरुले यसअघि खिचेका तस्विरमा त्यहाँको आन्तरिक सजावट तथा क्रियाकलापका बारेमा सामाजिक संजालमा आलोचित बनेपछि प्रशासनले सोमबार साँझ होटलमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा रेष्टुरामा सजाएर राखीएका हातमा लगाउने हतकडी जस्तो समान,नक्कली बन्दुक,अपराध गरेकालाइ दिइने फासी तथा आत्महत्या गर्दा प्रयोग गरीने पासो जस्तो देखिने नाइनलका डोरीहरु बरामद गरीएको सहायक प्रजिअ अर्यालले बताए। प्रशासनले मंगलबार होटल सञ्चालक संग छलफल राखेको छ।

भैहरवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेन्ट एण्ड बारमा जेलको झल्को दिने गरी संरचना बनाउनुका साथै ग्राहकहरुलाइ जेलकै स्वाद पस्कने भन्दै नक्कली हतकडी लगाइदिने,नक्कली बन्दुक खेलाउन,जेलका कोठा जस्ता देखिने संरचनामा ग्राहक भित्र पसेपछि बाहिरबाट चावि लगाइदिने जस्ता गतिविधि हुने गरेको बताइएको छ। आम नागरिकलाइ गलत शन्देश दिने या गलत क्रियाकलाप सिक्न प्रेरित गर्ने गतिविधि गर्नु होटल रेष्टुराको उद्येस्य र कानुन विपरित हुने सहायक प्रजिअ अर्यालको भनाइ छ।  

प्रकाशित: १० माघ २०७९ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App