जुम्लाको तिला गाउँपालिका ३ कुडारीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
अटो चालक सहित दुई जनाको मृत्यु भएको हो। अटो चालक तातोपानी गाउँपालिका १ बाइराकाका २९ वर्षीय पुरन सार्की रहेका छन्। यस्तै अर्को मृत्यु हुनेमा तिला ३ कै २० वर्षीय थापा गाउँका आकाश थापा रहेका छन्। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।
जुम्लाका डिएसपी नरेन्द्र चन्दले (१ क च ११) नम्बरको अटो दिउँसोको साढे २ बजे दुर्घटना भएको बताए। उनका अनुसार खलङ्गा नाग्म सडक खण्डमा अटो जुम्ला बजार बाट रारालिही जाने क्रममा दुर्घटना भएको हो। अटो अनियन्त्रित भएर सडक बाट करिब २० मिटर तल तिला नदिमा खसेको प्रहरीकाे भनाइ छ।
प्रकाशित: २१ पुस २०७९ १२:१२ बिहीबार





