फिनल्यान्ड र युनिसेफले बाल शिक्षा प्रवद्र्धन गर्न ४९ करोड रूपैयाँ सहयोग गर्ने भएका छन्। सन् २०२३ देखि सन् २०२७ सम्म गरिने यो सहयोगअन्तर्गत जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच बढाइनेछ। कोभिड–१९ महामारी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित बालबालिकालाई यो सहयोग उपलब्ध गराइने बताइएको छ। फिनल्यान्डकी राजदूत रिना रैका हैक्का र युनिसेफकी नेपाल प्रतिनिधि उषा मिश्रले यो सहयोगसम्बन्धी सम्झौता गरेका हुन्।
नेपालको शिक्षा क्षेत्रका विकासका लागि फिनल्यान्ड र युनिसेफले सन् २०१९ देखि सहकार्य गर्दै आएका छन्। यो सहयोगसम्बन्धी बिहीबार सम्पन्न हस्तास्क्षर कार्यक्रममा बोल्दै राजदूत हैकाले फिनल्यान्डले नेपालको शिक्षा क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताइन्। यसैगरी युनिसेफकी नेपाल प्रतिनिधि मिश्रले पछाडि परेका समुदायमा शिक्षाको पहुँच सुनिश्चित गर्न यो सहयोग महŒवपूर्ण हुने बताइन्।
प्रकाशित: ८ पुस २०७९ ०२:२५ शुक्रबार