१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपालगन्ज-कोहलपुर सडक खण्डमा चक्काजाम

नेपालगन्ज-कोहलपुर सडक खण्डमा स्थानीयले चक्काजाम गरेका छन्। 

उक्त सडक खण्ड अन्तर्गत कोहलपुर नगरपालिका १० पीपल चौतारी नजिकै नम्बर नखुलेको पिक अप भ्यानको ठक्करबाट कोहलपुर ११ बस्ने ५२ वर्षीय पैदल यात्री उषा गुरुङको मृत्यु भएपछि यहाँका स्थानीयले सडक चक्काजाम गरेका हुन्।

अहिले स्थानीयले सडकमा टायर बालेर दुवैतर्फ सडक बन्द गरेका छन्। प्रहरी प्रशासनको कमजोरीका कारण गाडी पहिचान हुन नसकेको स्थानीयको आरोप छ।

प्रकाशित: २ पुस २०७९ १५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App