coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु

काभ्रेको बेथानचोकमा बस दुर्घटना भएको छ।  बेथानचोक गाउँपालिका–५ बाट सोही गाउँपालिको वडानम्बर ४ चलाल गणेशस्थानमा फर्किदै गरेको बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

तामाङ समुदायको मानिस ब्रतबन्धनमा सहभागी भएर बेथानथोकको च्याल्टीबाट पनौतीको सल्ले तिर आउँदै गरेको  बा ३ ख ४३८५ नम्बर रिर्जभ  बस दुर्घटनामा परेको काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिएका छन्।

एसपी चक्रराज जोशीका अनुसार कम्तीमा १७ जनाको मृत्यु भएको छ भने २१ जना गम्भीर घाइते भएका छन्। बसको ब्रेक नलाग्दा बस सडकको कुनामा गएर पल्टदा दुर्घटना भएको बसका सहचालकले जानकारी दिएको पनि एसपी जोशीले नागरिक न्युजलाई बताए।

घाईतहरुको धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल बनेपामा उपचार भईरहेको एसपी जोशीले जानकारी दिएका छन्। दुर्घटना साँझ साढे ६ बजे तिर भएको हो।

प्रकाशित: २७ मंसिर २०७९ १४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App