१५ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

कुलमानको पक्षमा बोल्ने उर्जा राज्यमन्त्री तामाङ बर्खास्त

फाइल तस्बिर

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त भएका छन् । राजीनामा दिन बारम्बार गरेको आग्रह अटेर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बुधबार पदबाट हटाएका हुन् ।  

गतवर्षको साउन १८ गते राज्यमन्त्री नियुक्त भएका तामाङ कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उर्जामन्त्री दीपक खड्कासँग तालमेल नमिलेपछि तामाङलाई नेपाली कांग्रेसले पनि राजीनामा दिन दबाब दिँदै आएको थियो । 

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने उर्जामन्त्री खड्काको निर्णयमा उनले असहमति राख्दै आएका थिए । चार महिनामात्र बाँकी रहेकाले घिसिङलाई काम गर्न दिन उनको आग्रह थियो ।  

नागरिकन्युजसँग कुरा गर्दै तामाङ्ले भने, 'गृहमन्त्रीले आजैमात्र मलाई प्रधानमन्त्रीले तपाईंको राजीनामा माग्नु भएको छ भनेर टेलिफोन गर्नुभएको थियो । मैले मलाई मन्त्री प्रधानमन्त्रीले बनाएको नभइ पार्टीले बनाएकाले पार्टीले माग्ने मात्रै राजीनामा दिन्छु भनेको थिएँ ।' 

प्रकाशित: १० वैशाख २०८२ १७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App