२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पुल नहुँदा स्थानीयलाई सास्ती

बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि दुई पालिकाका स्थानीयवासीलाई सास्ती भएको छ। बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका– ११ का रामगोपाल थारुले बताए।

तरकारी फल्ने र बिक्री हुने यो मुख्य मौसम हो। मुख्य बजारनजिकै हुँदा पनि बजारसम्म तरकारी पु¥याउने पुल नहुँदा तरकारी खेतबारीमै कुहिन थालेको छ। अधिकांश गाउँमा हरियो तरकारी बारीमा लटरम्म फलेका छन्। तरकारी बिक्री हुने मुख्य गुलरीयाहाट बजार हो। त्यहाँ जाने बाटो छैन। भनेको बेला डुङ्गा पाइदैन। काँक्रो, फर्सी, बन्दा, काउली लगायतको तरकारी टिपेर खेतमै थुपार्नु परेको बारबर्दिया–४ का किसान फक्लबहादुर सत्गौलाले बताए।

रु १६ करोड ६८ लाख चार हजारमा बनेको पुल विसं २०७४ साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले क्षतिग्रस्त जब्दिघाट पुल हस्तान्तरण नहुँदै भासिएको थियो। पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसँग क्षतिपूर्ति असूल गरी जब्दिघाटमा नयाँ पुल निर्माण गर्न मङ्सिरभित्रै बोलपत्र खोलिने बर्दिया क्षेत्र नं १ का नवनिर्वाचित सांसद सञ्जयकुमार गौतमले बताए।

प्रकाशित: २२ मंसिर २०७९ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App