coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गौर–बैरगनिया अटो रिक्सा पुन संचालनमा

रौतहट सदरमुकाम गौरबाट भारतीय सीमावर्ती बजार बिहारको सीतामढी जिल्लाको बैरगनियासम्म दुई तर्फी रुटमा आइतवारदेखि अटो रिक्सा संचालनमा आएको छ।

कोरोनाको पहिलो लहरदेखि नै बन्द रहेको दुई सीमावर्ती सहरबिच आइतवारदेखि अटो रिक्सा संचालनमा आएको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले जानकारी गराएका छन्।  गौर बैरगनिया रुटमा अटो रिक्सा चल्न थालेपछि रिक्सा संचालक तथा सर्वसाधारण यात्रुहरू हर्षित भएका छन्।

प्रतिनिधि र प्रदेश सभाको निर्वाचन अघि नै दुई सीमावर्ती बजारबिच अटो रिक्सा निर्वाध संचालनमा ल्याउने प्रक्रिया पूरा भए पनि  गौर नगरपालिका तथा बैरगनिया नगरपालिकाबिच तालमेल नमिलेको र स्थानीय प्रहरीबिच पनि प्रक्रियागत मिलान हुन बाँकी रहेकोले आइतवारदेखि मात्र सबै प्रक्रिया पूरा भई अटो रिक्सा संचालनमा आएको हो। 

गौर र बैरगनिया दुवैतिर अटो रिक्सालाई व्यवस्थित गर्ने सहमति भएपछि संचालनमा ल्याइएको हो। भारतीय अटो रिक्साहरू गौरको मूल बजार नाघेर जिल्ला प्रहरी कार्यालय नजिकको ब्यारेक फिल्डसम्म आउने तथा नेपाली अटो रिक्साहरू बैरगनियाको मूल बजार नाघेर रेलवे स्टेसनसम्म जान पाउने सहमति भएको छ।

गौर नगरपालिकाको निरन्तर प्रयासले दुई सीमावर्ती बजारबिच अटो रिक्सा सीधा सम्पर्क हुन सकेको हो। गौर नगरपालिकाको प्रमुख शम्भु साह आइतबार पनि बैरगनिया पुगेर केही प्रक्रिया पूरा गरी दुई सीमावर्ती बजारबिच अटो रिक्सा संचालन ल्याएका  हुन्।  

यसअघि नेपाली रिक्साहरू नेपालको सीमाको भन्सारसम्म र भारतीय रिक्साहरू पनि भन्सार कार्यालयसम्म मात्र संचालन हुँदा दुवैतिरका यात्रुलाई असजिलो भएको थियो।  

प्रकाशित: १८ मंसिर २०७९ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App