२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

देश विकासको लागि सक्षम नेतृत्व चयन गर्ने अवसर नगुमाऔंः निर्वाचन आयुक्त पौड्याल

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले मतदान गरेका छन्। निर्वाचन आयुक्त पौड्यालले ललितपुरस्थित टिका विद्याश्रम माध्यामिक विद्यालयबाट मतदान गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूलाई तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भइ आफ्नो मतदान गर्न आग्रह गरे। उनले देश विकासको लागि सक्षम नेतृत्व चयन गर्ने यो अवसरलाई नगुमाउन पनि आग्रह गरे। निर्वाचन आयुक्त पौड्यालले मतदान गर्न आयोगले तोकेको परिचय पत्र बोकेर जान पनि अनुरोध गरे।

उनले भने, ‘आफूलाई तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भइ आफ्नो मतदान गर्न आग्रह छ। आफ्नो अमूल्य मतबाट देशमा योग्य उम्मेदवारको छनोट  गरी देशलाई सुख, समृद्धि दिलाउन भोट अमूल्य हुन्छ। मतदान गर्न आयोगले तोकेको परिचय पत्र बोकेर जानुहोला।’ आज देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ।

प्रकाशित: ४ मंसिर २०७९ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App