२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

झापामा बालेनसँगै रास्वपाका उम्मेदवार को-को ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा क्षेत्र नम्बर ५ बाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई टिकट दिएको छ। उक्त क्षेत्रबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पनि चुनावी मैदानमा उत्रनेछन् ।  

यस्तै रास्वपाले झापाका अन्य चारैवटा निर्वाचन क्षेत्रमा पनि उम्मेदवार तय गरेको छ । झापा–१ निशा डाँगी,लाई टिकट पाएकी छन् । उनी विघटित प्रतिनिधि सभामा समानुपातिक सांसद थिइन् । 

झापा–२ टिकट पाउने इन्दिरा रानामगर विघटित प्रतिनिधिसभाकी उपसभामुख हुन् । यस्तै झापा–३ प्रकाश पाठकले र झापा–४ मा शम्भु ढकाल सुस्केराले टिकट पाएका छन् । पाठक र ढकालले २०७९ सालमा पनि सोही क्षेत्रबाट चुनाव लडेका थिए ।  

रास्वपाका जिल्ला सभापति पनि रहेका पाठकले यसपटक झापामा रास्वपाको संगठन बलियो रहेकाले पाँचै वटा निर्वाचन क्षेत्रमा जित हासिल गर्ने दाबी गरे । 

प्रकाशित: ५ माघ २०८२ १७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App