१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

संसद्‌मा हामी पाँच पाण्डव भयौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अलि भाटले संसद्‌मा राप्रपा पाँच पाण्डव भएको बताएका छन् । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि राप्रपाले उठाएको उम्मेदवार सरस्वती लामाको उम्मेदवारीको ज्ञानेन्द्र शाहीले गरेको प्रस्तावमा समर्थन गर्दै यो टिप्‍पणी गरेका हुन् ।  

उनले भने, ‘केहीदिन अघिको संसद बैठकमा हाम्रै सांसद खुश्बु ओलीले भन्नु भएको थियो हामी पाँच पाण्डव हौँ । अहिले त्यस्तै भएको छ । यो संसदमा अहिलेको सत्तापक्ष र पहिलेको सत्तापक्ष एक भएको छ । हामीमात्र एक पक्ष भएका हौँ ।’

उनले पहिले भएको सहमति अनुसार उम्मेदवार दिएको बताउँदै पहिले नै रुबीकुमारी ठाकुरलाई उम्मेदवार बनाउने भनेको भए आफूहरुले पनि समर्थन गर्ने अवस्था आउने बताए ।  

उनले संसदलाई पाण्डव कौरवको युद्धजस्तो नबनाउने आग्रह गरेका छन् ।

प्रकाशित: २७ चैत्र २०८२ १६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App