२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २२:१७ अपराह्न
राजनीति

माओवादीमा गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिवद्धता

नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्रका सबै प्रकारका गुटबन्दी र समूहगत अभ्यासको अन्त्य गर्ने सामूहिक संकल्प गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले स्थायी समितिको बैठकपछि पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने सामूहिक प्रतिवद्धता गरिएको जानकारी दिएका हुन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न माओवादी एक हुनुपर्ने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताए।

‘लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति माओवादीलाई एकतावद्ध गर्ने चुनौती थियो। त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं,’ अध्यक्ष दाहालले भने, ‘हामीले सामूहिक प्रतिवद्धता गरेका छौं। सबैखाले गुटबन्दी र समूहवद्धताको अन्त्य गर्ने संकल्प सामूहिक रूपमा गरेका छौं।’

यसैबीच, बैठकबाट बाहिरिँदै गरेका उपमहासचिव जनार्दन शर्माले वैचारिक, राजनीतिक र सांगठानिक सबै विषयमा गम्भीर छलफल भई निष्कर्ष निकालिएको संक्षिप्त प्रतिक्रिया दिए।

प्रकाशित: १९ श्रावण २०८२ १५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App