१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

निर्वाचनको वातावरण बिथोलिने अवस्था छैन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने बताएका छन्। निर्वाचन हुन १० दिन मात्रै बाँकी रहँदा केही व्यक्तिहरूले चुनाव नहुने भन्दै हल्ला फैलाइरहेको भन्दै उनले निर्वाचनको वातावरण बिथोलिने अवस्था नरहेको बताएका हुन्। 

निर्वाचन समाचार अभिमुखिकरण कार्यक्रममा बोल्दै भण्डारीले केही कुण्ठित तत्वहरूले निर्वाचन बिथोल्ने गतिविधि गर्न र २१ गते हुने चुनाव हुन नदिने प्रयास गरेको हुन सक्ने बताए। उनले गलत समाचार र अफवाह फैलाएर आफ्नो कुण्ठित उद्देश्य पूरा गर्न खोज्नेहरूका पछि आयोग नलाग्ने बताए । 

‘कुण्ठित व्यक्तिहरूले आफ्नो उद्देश्य पूर्ति गर्न अनावश्यक र गलत समाचार सम्प्रेषण गर्छन्, हल्ला फैलाउँछन्। ती हल्लाको पछि हामी लाग्न सक्दैनौं,’ उनले भने, ‘कसैको कुण्ठा पूर्ति गर्न नेपाली जनता चुप लागेर बस्ने छैनन्। त्यस्ता गतिविधिले निर्वाचन बिथोलिने वातावरण बन्दैन।’  

भण्डारीले जस्तोसुकै परिस्थितिमा पनि फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुने बताए। ‘निर्वाचनको विकल्प निर्वाचन नै हो। कसैले पनि निर्वाचन बिथोल्ने प्रयास नगरोस्। मेरो भनाइलाई निर्वाचन आयोगको कमजोरीका रूपमा नबुझियोस्,’ उनले भने । 

देश पीडादायी अवस्थाबाट गुज्रिरहेको भन्दै आयोगले आफ्नो दायित्व पूरा गर्ने बताए। सुशासन प्रवाहका लागि निर्वाचन अपरिहार्य माध्यम भएको उनको भनाइ थियो।

प्रकाशित: १० फाल्गुन २०८२ १६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App