नेकपा एमालेको निर्वाचन आयोग प्रमुखमा डा. विजय सुब्बा दोहोरिएका छन् । सुब्बालाई एमालेमा विद्यादेवी भण्डारी निकट मान्ने गरिएको छ ।
ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले सुब्बालाई पुनः आयोगको अध्यक्षको जिम्मेवारी दिएको हो ।
आयोगमा सुब्बाको नेतृत्वमा २५ जना सदस्य रहनेछन् । पहिलो विधान महाधिवेशनले पनि सुब्बाकै नेतृत्वमा आयोग गठन गरेको थियो ।
निर्वाचन आयोगको उपप्रमुख सानुराजा पोखरेल र सचिव कुन्साङ लामा पनि दोहोरिएका छन् ।
यसैबीच एमालेले पार्टीको झण्डाको रंग फेरेको छ । स्थापनाको ७५ वर्षपछि एमालेले झण्डाको रंग फेरेको हो ।
एमालेले अब पार्टीको झण्डामा रातो पृष्ठभूमिमा सुनौलो रंगको हसिया हथौडा राख्ने भएको छ ।
सामान्यतया नेपालका कम्युनिष्ट पार्टीको झण्डामा सोतो रंगको हसिया हथौडा हुने गरेको छ । एमालेले चिनियाँ कम्युनिष्ट पार्टीले प्रयोग गर्ने पहेंलो रंगको हसिया हथौडाजस्तै झल्किने झण्डा रोजेको छ ।
प्रकाशित: २२ भाद्र २०८२ १९:३७ आइतबार





