२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्नेछ : विष्णु रिमाल

नेकपा एमालेका नेता विष्णु रिमालले एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्ने बताएका छन्।

सूर्यध्वजाबाहक उम्मेदवारसहित प्रतिनिधि सभाको यस निर्वाचनमा विजयी सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै रिमालले यस्तो बताएका हुन्। यो चुनाव अन्तिम नभइ संखुवासभाको परिणाम यस पटकको निर्वाचनको अन्तिम परिणाम मात्र भएको जिकिर गरे। 

एउटा लडाइँमा भएको हार समग्र युद्धमा पराजय नहुने भनाइ उनले राखे। 'यो चुनाव अन्तिम होइन। संखुवासभाको परिणाम यसपटकको निर्वाचनको अन्तिम परिणाम मात्र हो,' रिमालले सामाजिक सञ्जालमा लेख्छन्, 'एउटा लडाइँमा भएको हार समग्र युद्धमा पराजय हुँदैन। एमाले फेरि पनि धुलो टकटकाउँदै दृढताका साथ उठ्नेछ।'

विभिन्न चुनौतीहरूका बिच एमालेका उम्मेदवारहरूले हासिल गरेको सफलता गर्विलो रहेको बताउँदै उनले भने, 'सूर्यध्वजाबाहक उम्मेदवारसहित प्रतिनिधिसभाको यस निर्वाचनमा विजयी सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।'

प्रकाशित: २६ फाल्गुन २०८२ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App