३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमालेका प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक आज, महासचिव पोखरेलले सम्बोधन गर्ने

नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको सन्देश देशैभरि प्रवाह गर्नका लागि आजै सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ।

पार्टीका महासचिव शंकर पोखरेलले भर्चुअल माध्यमद्वारा पार्टीको ठूलो समूहलाई एकै पटक महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन्। दिउँसो २ बजे पार्टी कार्यलयबाट महासचिवले सम्बोधन गर्ने तय गरिएको छ।

केन्द्रीय कार्यालयका सचिव डा.भिष्म अधिकारीका अनुसार जिल्ला कमिटीमा पदाधिकारीदेखि सचिवालय सदस्यसम्म र प्रदेश कमिटीका पदाधिकारीलगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन जुम आइडी पठाइसकिएको छ। ‘११ औं महाधिवेशनको प्रारम्भिक फैसला जनसमक्ष पुर्याउन आजको बैठक आयोजना गरिएको हो,’ अधिकारीले भने, ‘महाधिवेशनले चुनेको नेतृत्व, यसको कार्यभार, वर्तमान राजनीतिक अवस्था आदिका बारेमा महासचिव कमरेडले प्रष्ट पार्नुहुनेछ।’

एमालेले स्थानीय तहबाट भइरहेका गतिविधि, पार्टीसँगको समन्वय र महाधिवेशनले दिएको राजनीतिक कार्यदिशालाई स्वीकारेर काम गर्न पार्टीपंक्तिमा निर्देशन पठाउने भएको छ। कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बैठकका बारेमा सबै जिल्ला कमिटीलाई जानकारी गराइसकिएको छ।

प्रकाशित: ८ पुस २०८२ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App