३ चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

अनुवादक योगप्रसादकाे ‘ह्यामलेट’ लाेकार्पण

स्रष्टा योगप्रसाद उपाध्याय चापागाईंकाे अनूदित कृति ‘ह्यामलेट’ लाेकार्पण भएकाे छ।बागबजारस्थित भुँडीपुराण प्रकाशनकाे कार्यकक्षमा कृतिकाे लाेकार्पण गरिएकाे हाे।

भुँडीपुराण प्रकाशनकाे निर्देशक केशव पराजुली, वरिष्ठ आख्यानकार अविनाश श्रेष्ठ, आख्यानकार भागिरथी श्रेष्ठ लगायतले कृतिकाे लाेकार्पण गरेका हुन्।

सडक लाेकार्पण तथा काेठे लाेकार्पण नाम दिइएकाे उक्त कार्यक्रम छुट्टाछुट्टै ठाउँमा भएकाे हाे।

लाेकार्पणमा कृष्ण धरावासी, मञ्जु विमली, कृषक नेता तथा स्तम्भकार हरि श्रेष्ठ, श्रीराम राई, हरि पौड्याल लगायतको उपस्थिति थियाे।

योगप्रसाद उपाध्याय चापागाईं सात विश्वकथाको कथासंग्रह ह्यामलेट ७२ पृष्ठकाे छ। सात विश्वकथा ह्यामलेट (विलियम सेक्सपियरको ह्यामलेट नाटकको नेपाली कथारुपान्तर), इस्माइल शेखको खोजीमा (होमेन बरगोहाञीँको असमिया कथा), मुस्कान र माया (डा. पद्मा शर्माको हिन्दी कथा), हकको जग्गा (गीताञ्जली श्रीको हकको जग्गा हिन्दी कथा) र मुन्शी प्रेमचन्दका हिन्दी कथाहरू, वनमान्छेको दर्दनाक कथा, दक्षिण अफ्रिकामा बाघको शिकार  र बाघको छाला कथा सङ्गृहीत छन्।

प्रिन्ट सप नेपाल इन्टरप्राइजेज, न्यू प्लाजा, काठमाडाैंले मुद्रण गरेको उक्त कृति ह्यामलेट बजारमा ल्याएकाे हाे। लाेकार्पित कृतिकाे मूल्य १ सय एकचाल्लिस रहेकाे छ ।  

प्रकाशित: ३ चैत्र २०८२ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App